
रचना शर्मा
म एक मैदानमा थिएँ
ऊ युद्धको मैदानमा थियो
म विद्यालयको पोशाकमा थिएँ
ऊ प्रहरीको पोशाकमा थियो
म भ्रष्टाचार रोक्ने आन्दोलनमा थिएँ
ऊ भ्रष्टाचार छेक्ने आन्दोलनमा थियो
मैले किताब र कलमका हतियार भिरेको थिएँ
उसले बन्दुक र गोलीका हतियार भिरेको थियो
मेरो हतियारले उसलाई उडाएन
उसको हतियारले मलाई उडायो
म मरेर बाँच्नेछु
ऊ बाँचेर मर्नेछ
मेरो नाम सुनौला अक्षरले लेखिनेछ
उसको नाम कालो सूचीमा टाँसिनेछ।





