“म खेल्छु”

पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६, दाेलखा

झलमल लाग घाम, छायासँग खेल्छु,
आमा बाबा दिदी दादा, मायाँसँग खेल्छु।
फूलबारी थुँगा थुँगा, फूलसँग खेल्छु,
छेस्का छेस्की साँघुहाली, पुलसँग खेल्छु।

थालभरि चित्रकाेरी, चारासँग खेल्छु,
दाैडी उफ्री घर गाेठ, गरासँग खेल्छु।
रातभरि टहटह, जूनसँग खेल्छु
कम्मर भाँच्दै तालताल, धूनसँग खेल्छु।

काँडा फूल फल डाली, रूखसँग खेल्छु,
भेटेंभने साथीभाइ, सुखसँग खेल्छु।
जून भागे अँधेरीमा, तारासँग खेल्छु
असल छन् सबै साथी, सारासँग खेल्छु।