“रमाइलो लाग्छ”


डि.आर .सिलवाल

एक,दुई,तीन,चार,पाँच,छ,सात
रमाइलो लाग्छ जुनेली रात।
झगडा हामी गर्दैनौँ,पढ्नु पर्दछ भन्दछौँ
किताब कापी बोकेर,पढ्न हामी बस्दछौँ।
एक,दुई——————–
रमाइलो———————-
नेपाल हाम्रो देश हो ,नेपाली हामी यो देशका
मिलेर पढ्ने मिलेर खेल्ने,सन्तान हामी यो देशका।
एक,दुई ——————-
रमाइलो————–
आजका हामी बालक,असल छ बन्ने चाहना
सपना पुरा गर्ने छौँ,शिक्षाको पथमा हिंडेर।