
दुर्गा पी अधिकारी
सिङ्ताम, सिक्किम
“जुठो भाँडा सफा गरि सकिस् ?”
“गर्दैछु आन्टी।”
“छिटो छिटो गर। कति ढिलो गरेको ? नानीहरूलाई सुताउन ढिलो भयो ।”
“आन्टी,आज त पाहुनाहरू धेरै भएकाले जुठो भाँडाहरूको रास छ , समय लाग्छ।”
“हेर! यसले मुख लागेको ? ए बाबा ! यता आउनुहोस् त ! पिङ्कीले मलाई मुख चलाउँदै छे।”
“आन्टी मैले तपाईँलाई कसरी मुख चलाएँ ? अङ्कललाई हावाको पोल किन लगाउनु भा’को ?”
गंगानाथ पाहुनाहरूसंँग बैठक कोठामा गफमा मस्त थिए। भान्सा कोठाको होहल्ला सुनेपछि उतैतिर लागे।” के को हो हल्ला ? घरभरि पाहुनाहरू छन्। अलिकति पनि लाज शरम छैन ?”
“मलाई पिङ्कीले मुख चलाउँदै छे, यसको थुतुनो अलिक सम्हालेर बोलोस्।”
“अंकल, मैले आन्टीलाई मुख चलाएको छुइँन। आज पाहुनाहरू धेरै भएकाले जुठो भाँडा सफा गर्न समय लाग्छ भनेको मात्रै हो।”
गंगानाथले श्रीमतीलाई सम्झाउँदै भन्छन्, ” पिङ्की टुहुरी केटी हो, पाँच वर्षको उमेरदेखि यहाँ बसेकी हो। छोरी जस्तै भएर घरको काम गरिरहेकी छे। बिहान उठेदेखि आफ्नो काममा तल्लीन रहन्छे। हाम्रा नानीहरूलाई राम्रो हेरचाह गर्छे।तिमीलाई आराम मिलेको छ। उसँग राम्रो व्यवहार गर। स-साना कुरामा निहुँ झिक्दै गाली गर्नु हुँदैन।”
त्यति नै बेला सानी छोरी रेश्मा छेउमा आउँछे र बाबा-आमालाई एउटा गुडिया देखाउँदै भन्छे, “आज पिङ्की दिदीले माघे मेलामा किनी दिनुभएको गुडिया कति सुन्दर छ नी!”
नानु,पिङ्की तिम्री ठूली दिदी हो।”गंगानाथले मुख फोर्छन्।





