“विश्वास”

214

पं ज्यो. तोयनाथ सुवेदी
ओखल्ढुङ्गा
हाल : हेटौंडा -८,कमाने,मकवानपुर।

‘यो संसारमा सद्गुरु कोहि छ ?’ एउटाले सोध्यो। ‘खोजी गर्नुपर्छ , भेटिहालिन्छ नि’ नेपथ्यमा जवाफ आयो।
ऊ खोजी गर्दै जाँदा गुरुनाम जपिरहने गुरुभक्ति व्यक्तिकहाँ पुगेछ। तिनको गुरुप्रति विश्वास देखेर उसले मनमनै सोध्ने
विचार गर्यो ।


‘ओहो ! तपाईंको त गुरुप्रति साह्रै विश्वास र श्रद्धा रहेछ। हुन पनि संसारका महामन्त्र नै यिनै हुन् । यिनैले निर्जीवमा सजिव र परमात्मामय पो देखिदो रहेछ नि !’
अचानक छेउमा ठूलो सांसारिक बाढी आयो। त्यसपछि ती गुरुभक्त शिष्यलाई अरुले भने,’तिमीमा साँच्चै अपार गुरुभक्ति
छ भने तिमी यो नदी तरेर देखाऊ त ? ऊ विचलित नभई हाँसीहाँसी नदीपारि पुग्यो। यो घटना हेरिरहेको अर्को व्यक्तिलाई त्यो नदी तर्ने इच्छा जागेर आयो।
केहिछिनमा ऊ डुब्यो। गुरुभक्त शिष्यले कपालमा समातेर निकाल्यो। एकआपसमा त्यहाँ ठूलै खैलाबैला मच्चिएछ।
ऊ सजिलै तर्न सक्यो,तर दोश्रोमा विश्वास थिएन त्यसैले डुब्यो।’ ।।