वेकाबु!

सुरेशकुमार पाण्डे
दाङ घोराही

“ओहो बाबुहरू! पाठशाले भएर पनि यस्तो के गर्दै छौ ? यही हो तिमीहरूले पढेको ?-अनिलले स-साना विद्यार्थीहरुलाई खोपी खेल्दैगरेको देखेपछि अलि चर्को स्वरमा भने।’ अङ्कल स्कुलको विदा भयो अब घर जान्छौँ एकछिन पछि!-उनीहरू मध्य एउटाले भन्यो।’ अरू मुख छोपेर मुसु-मुसु हाँस्दै थिए।” तिमीहरूलाई गुरू बा आमाले यही सिकाएका हुन् ?

मुस्किलले दश बाह्र वर्षका बालखहरूको यस्तो हर्कत देखेर अनिलले दिक्क मान्दै भन्यो।’ तिनी बालखहरू मध्य एउटा मुख छोपेर बसेको थियो अरू दुईजनालाई अनिलको कुराको कुनै असर भएन । उनीहरू खोपी खेल्न छाडेनन्। केही भने बसेर हेरिरहेका थिए। अनिलले उनीहरूलाई अरू केही भन्न चाहेन। बाबु तिमी किन मुख छोपेर बसेका छौ? कसका छोरा हौ तिमी ?- मुख छोपेर बसी रहेको तिर हर्दै सोधे।’ अरू उस्तै मुसुमुसु हाँसी रहेका थिए। “ओहो रमेश तँ पनि खोपि खेल्छस ? अनिलले त्यो केटाको हात मुखबाट हटाउँदै भन्यो।’ ऊ केही बोलेन। यो सिग्रेटको पाकिट कस्को हो नि ?-अनिलले उसको हातको सिग्रेट देखाउँदै सोधे।’ मेरो हो – रमेशले सटिक उत्तर दियो।’ यो के भनेको ? कसले मगाएको हो सिग्रेट? अनिलले पुःन सोध्यो।’ मेरै हो यो स्रिग्रेट-उसले फेरी त्यही कुरा दोहोर्यायो ।’ रमेश अनिलको दाइको छोरा हो। उसको यो भनाईले अनिललाई गहिरो झट्का लाग्यो। अरू केटाहरूले पनि खिसीगर्दै थिए। अनिलले आफ्नो रिसलाई काबु गर्न सकिन् । तडाक सँग एक झापट लगायो। अनिलले रमेशलाई लगाएको झपाडले गर्दा सबै यति डराए कि उनीहरू आ आफ्नो झोलालिएर पत्ताचोड् भागे ।’ रमेश रूँदै रूँदै घरतिर लाग्यो र अनिल पनि रमेशको पछि/ पछि हिंड्यो।