“सानै काेठेबारी”


हरिकृष्ण खतिवडा

हाम्राे सानाे घरबारीमा
सानै काेठेबारी,
सागसब्जी, तरकारीकाे
सधैं हुन्छ घारी।

मलजल, गाेडमेल
गर्छाैं अाफ्नै हातले,
उत्पादन हुन्छ राम्राे
परिवारका साथले।

सागसब्जी, तरकारी र
फलफूल थरीथरीका,
फलाउँछाैं, रमाउँछाैं
स्वदमा परीपरीका।

पुग्छन् जब बजारमा
चल्छ उछिनपाछिन,
ताजा,राम्रा हुन्छन् बिक्छन्
हारालुछ दिनदिन।

किसान हामी खेतीपाती
किसानी हाे कर्म,
ताजाताजै उत्पादन
दिनु हाम्राे धर्म।

हाम्राे सानाे घरबारीमा…..