पवित्रा सापकोटा
“साहुनी ,साहुनी! मलाइ एपल जुस दिनुहोस् न । “- रिस्ताले नजिकैको पसलमा गएर भनिन् ।
साहुनीले दुई हातमा जुस देखाउँदै भनिन ” कुन दिउँ ? ” देब्रे हातको अघि बढाउँदै यो लाने भए रु. १५५ /- र दाहिने हात अघि बढाउँदै यो लाने भए रु ३०० पर्छ। रिस्ताले मनमनै सोचिन् ,१५५।-को लगेर ३००।- भन्छु, व्यर्थै किन मह्ङ्गो लानु ? “१५५ को दिनुहोस् ।”
जुसको प्याकेट ल्याएको देखेर सबै खुशी भए , अनि एक आपसमा बाँडेर खाए । केही समय नबित्तै भाइले उल्टी गरे , आमाबुवालाई पखाला चल्न थाल्यो , भने दिदीले पेट दुख्यो भन्न थालिन्।
लौन सबैलाई के भएको हो यस्तो? भन्दै उनले हतार हतार डाक्टर बोलाइन्। डाक्टरले औषधी लेखे । अनि डाक्टरले सोधे ” सबैले के खानु भएको थियो ।”उनले जुसको डब्बा देखाउँदै भनिन्-” यो जुस खाएको हो , अरु त केही खाएको छैन ।
डाक्टरले जुसको डब्बा हातमा लिएर ओल्टाइ पल्टाइ हेरेर भने “सामान किन्दा ख्याल गर्नु पर्छ । उपभोग गर्ने मिति गुज्रिएको रहेछ । सबैलाई फुड प्वाइजन भएछ ।”