“साउने संक्रान्ति”

पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६, दाेलखा

असारभरि वर्षात, हिलाे मैलाे फाेहाेर,
साउने संक्रान्तिमा, लुताे फालाै मिलेर
स्नानदान हाेमकाे,विशेषकार्य सुरूभाे,
कर्कट रासीतिर सरी, सूर्य दक्षिणायनभाे।

फलफूल नैवेद्य पूजा, कण्डारक राक्षसलाई,
घरघरी चिलाउने, भगाउँ लूताे भक्षकलाई
सिसे क्या तङ्नामकाे, किराँतकाे पर्व रे,
ढाेकामाथि फलफूल टाँगी, इष्टदेव गर्व रे।

धिमाल जातिहरूमा, धङधङेकाे समापन,
पश्चिमजुम्ला कर्णाली, देउडाभाका घन्कन्छन्
अगुल्टाले हान्दिन्छाैँ, चिलाउने राेग पर जाऊ,
राेग व्याधा हटिजाऊ, सेताे गाेरू भित्र आऊ।

अनिकाल पर जाऊ, सहकाल घरघर आऊ,
हुन् चन्द्रमा दाहिना, राहु केतु पर जाऊ
भिन्न भिन्न संकृति र, भिन्न भिन्न चलन,
मच्छिनुलाई पड्काई, सबले लूताे फालाै न।