साक्षरता

तुलसी पण्डित
भरतपुर : १३

गाउँघरमा हल्ला चल्यो । एसइइको परीक्षाफल प्रकाशित भयो रे । सबैको नजर रेडियो पत्रपत्रिका फेसबुक तिर तानियो । बिर्खेले छोराको नतिजा हेर्यो कही देखेन चित खायो । कक्षाको फस्ट विधार्थी फेल भएछ । उसले स्कूलमा अरु कति पास भएछन् भनेर सोध्यो । जवाफ पायो निल भयो रे । ओहो असी जना विद्यार्थीले जाँच दिएका सबै फेल । विर्खे तिमी के कुरा गर्छौ कुनै जिल्लामा त नील भएको छ रे।
अभिभावकको यति धेरै लगानी खेर गयो । अझ अङ्ग्रेजी, गणित , विज्ञान मा धेरै विद्यार्थी फेल भएका छन् रे । यो सबै शिक्षकहरुको राजनीति प्रतिको आकर्षण हो । नेताहरु शिक्षकलाई नै आफ्नो काम पूरा गराउन प्रयोग गर्छन् । उनीहरुलाई स्कूलको पढाइ प्रति चासो छैन । लगानी मात्र गरेर के अर्थ जहाँ राजनीति घुसाइन्छ । अनि पढाइ कसरी राम्रो होओस् ?
जिल्ला भरीका फेल भएका विद्यार्थीहरु सदरमुकाममा जम्मा भए । सबैको अनुहारमा चमक थिएन । एक विद्यार्थी मञ्चमा गएर बोल्न थाल्यो।
साथी हो हामी निरास हुनु पर्ने केही छैन । यो देशमा पढेर कुनै अर्थ छैन । भएका डाक्टर इञ्जिनियरहरु पनि काम न पाएर विदेश पलायन भएका छन् । यहाँ क्षमतामा होइन सोर्स फोर्समा काम चल्छ । फेरि राम्रो ठाउँ जान धन चाहियो । त्यो हामी सँग छैन । अब भन्नु होस् हाम्रो गन्तव्य कहाँ हो ?
सबै बाट उत्तर आयो।
“खाडी मुलुक जहाँ साक्षरताले पनि काम चल्छ।”