
आत्माराम न्यौपाने
मेरी साथी सानी सानी छिन्
मेरी साथी धेरै ज्ञानी छिन्
हेर्दाओर्दा मानौँ रानी छिन्
मायाँकी यी साँच्चै खानी छिन्।
उफ्री उफ्री साथै नाचेर
खेल्दै कुद्दै रम्दै हाँसेर
पढ्छौँ हामी एकै कक्षामा
बस्छौँ हामी एकै कक्षामा।
आलो सिन्की तामा साँधेर
खाजा खान्छौँ हामी बाँडेर
पढ्ने लेख्ने बानी राम्रो छ
साथी-साथी नाता हाम्रो छ।
बाचुञ्जेली मिल्छौँ हामी त
हाम्रो जोडी धेरै दामी छ
प्यारी साथी यस्तै बन्नू है
आफ्ना इच्छा जम्मै भन्नू है।
मेरी साथी यस्तीखाले छिन्
तिम्री साथी कस्ती खाले छिन् ?
खाजा बाँड्ने धेरै दानी छिन् ?
मेरी जस्तै औधी ज्ञानी छिन् ?





