
गुणनिधि घिमिरे
अमेरिका
साना साना नानी
स्कुल जाने बानी।
पढी लेखी ज्ञानी
हुन्छौँ हामी जानी।
मिलीमिली पढौँला
सबै अघि बढौँला।
पिउँछौँ शुद्ध पानी
सिक्छौँ असल बानी।
बन्छौँ सबै ज्ञानी
पढ्छौँ खुसी मानी।
परिश्रम गरौँला
स्वावलम्वी बनौँला।
हामी साना नानी
राम्रा कुरा छानी।
मनले असल ठानी
गर्छौँ काम जानी॥
श्रोतः नेपाली बालसाहित्य





