
हरि काेर्काली
फुरफुर गर्दै
आइन् हुर्रै
सानी पुतली,
सुर्र गई
बसिन फूलमै
ज्ञानी पुतली।
चुलबुल चुलबुल
गरिन् एक्छिन्
फूलमै रमाई,
नरम नरम
हातगाेडाले
फूल नै समाई।
रङ्गीचङ्गी फूलहरूमा
झुम्ने मन गर्छिन्,
नरम नरम फूलका ओठ
चुम्ने मन गर्छिन्।
फूलबारीका फूलका बाेट
जम्मै घुमेर,
भएभरका फूलका थुङ्गा
जम्मै चुमेर,
दिन बित्छ सधैं यिनकाे
खुसी खुसी मै,
फूलकै रस पान गर्छिन्
चुसी चुसी नै।





