सुर्तीको गन्ध


पारस भट्ट प्यासी
सुदुरपश्चिम बैतडी

सन्ध्या खासै सबै केटाहरूसँग बोल्ने मान्छे त थिइन। तर उसका आँखाहरूले सोझासाझा इमान्दार मान्छे मन पराउँथ्यो। उनी स्कूलको क्यान्टिनमा काम गर्थिन । क्यान्टिन भित्र सुमित पनि काम गर्थे एउटै ठाउँमा काम गर्दा गर्दा सन्ध्यालाई सुमितको आनिबानी मनपर्दै गयो !
सुमित पनि बोल्ने, हाँस्ने, गीत गाउने केटा थियो । उसले पनि संध्यालाई खुब मन पराउन थाल्यो। सन्ध्या पनि भित्रभित्रै सुमित्लाई मन पराउँन थालिन तानिँदै तर भन्न सकिन, केवल क्यान्टिन भित्र सुमितले काम गर्दा खेरी एक्लाएक्लै गाइरहेका गितहरु सुनिरहिन!
बिस्तार बिस्तारै उनीहरु एक अर्कामा नजिक हुँदै गए अन्लाईनमा कुरा गर्न थाले। एकदमै माया प्रेम बसिहाल्यो सुमित बाहिर हेर्दा सोझो थिए तर रक्सी चुरोट बिंडी तमाखु सुर्ती धेरै खाईरहन्थे तर सन्ध्यालाई त्यो केही थाहा थिइन ! एक साँझ, विद्यालयको वार्षिकोत्सव सकिएपछि, दुबै जनाले कलेजको पछाडिको पार्कमा केही क्षण बिताउने निर्णय गरे।
हल्का हावा, र छेउको गार्डेनमा फुलेका रातो गुलाबले वातावरणलाई सुन्दर बनाइएको थियो।
सुमितले बिस्तारै संध्याको हात समात्यो, आज म तिमीलाई मेरो मनको कुरा बताउन चाहान्छु
तिमीलाई माया गरेको पनि बर्षौ भए छ अब हामीले विवाह गर्नुपर्छ भन्ने सोचिरहेको छु!
संध्या मुस्काइ त्यो मुस्कान सुमितको जीवनको सबैभन्दा खुसीको उपहार थियो!।
दुबैजना घण्टौ सम्म अंगालोमा बाँधिरहे!
एकछिन सुमितले अब जाउँ है भने र जानु पुर्व सन्ध्यालाई चुम्बनको लागि प्रस्ताव माग्यो।
सन्ध्याले लजाउँदै हुन्छ भनिन र सुमितले चुम्बन गर्न उसको ओठमा ओठ मिलायो सन्ध्याको नाकमा सुर्तिको गन्ध आयो —
अचानक उसका सबै सपना, सबै भावना, सबै कल्पनाहरू भताभुङ्ग भए। ऊ टाढा सरि, बिस्तारै उठी। सुमितले सोध्यो के भयो संध्या?
संध्याले भन्दी, तिमीले मलाई कहिल्यै भनेनौ, तर आज तिमीभित्रको सुर्तिको लत बोलेको छ। जुन प्रेम सुर्तीभन्दा कमजोर हुन्छ, त्यो प्रेम मलाई चाहिँदैन।”
संध्या हिँडेर गइ। पछाडि फर्किएर पनि हेरिन।
सुमित चुपचाप गुलाबको फुल समातेर बसिरह्यो।
अन्तत सुमितको मुखमा सुर्तिको गन्ध आएपछि पहिलो चुम्बनमै संध्याले छोडिदिन् सुमितलाई !