गणेश रपाल
कक्षाः ६
हामी धेरै पढ्नेछौँ
पक्कै अघि बढ्नेछौँ
हामी स्कुल जानेछौँ
खाजा पनि खानेछौँ।
कक्षाभित्र पस्नेछौँ
पढ्न घुँडा कस्नेछौँ
शान्तसँग बस्नेछौँ
राम्रा कथा रच्नेछौँ।
स्कुल फोहोर गर्दैनौँ
साथीसँग जुद्धैनौँ
हामी सबै मिले
र स्कुल सफा राख्नेछौँ।
पक्कै धेरै पढ्नेछौँ
असल मान्छे बन्नेछौँ
साँझसम्म पढेर
हामी घर जानेछौँ।





