
सृजना घिमिरे ढकाल
रातै पहेलै भएर सजिएका आफ्नै उमेरका साथीहरूको नृत्य हेर्दै उनी मुसुमुसु मुस्काइरहेकी थिइन्। हातमा ट्रे बोकेर प्रत्येक टेबलमा पुग्दै उनी मुस्कानसहित खाना थप्दैथिइन्।
सबैलाई तीजले छपक्कै छोपेको थियो, तर उनलाई आफ्नै कामले।
उनको भित्री मन त मैले बुझ्न सकिनँ, तर अनुहारमा रहर वा वितृष्णा केही थिएन, बरु सन्तोषको मुस्कान थियो। सायद उनी हामीलाई भित्रभित्रै भनिरहेकी थिइन् “तिमीहरू एक महिना अगाडि देखि क्याटरिङ ,होटल बुक गरेर मस्ती गर, म यही मौकामा काम गरेर पैसा कमाउँछु।”
ममा भने उनको आँखामा आँखा जुधाउने हिम्मत थिएन, उनी स्वावलम्बी थिइन्, म फजुल खर्ची ।





