“हजुरआमा”

Grandmother Is Reading A Book To Her Grandchildren Vector. Illustration

गंगा खड्का
बूढानीलकण्ठ,काठमाडौं

मेरी प्यारी हजुरआमा
हुनुहुन्छ जाति
जतिखेर नि भन्नुहुन्छ
नातिनी र नाति

अझै पनि जोस उहाँको
तन्नेरीको झैँ लाग्छ
उहाँलाई देखेपछि
अल्छीपन भाग्छ ।

फर्याकफुरुक गरिरहने
कति राम्रो बानी
मेरी प्यारी हजुरआमा
प्रेरणाको खानी

अनुहारको हाँसोमा
देख्छु जूनतारा
आफ्नोसामु पाउँदा
पीडा भुल्छु सारा

कथा भन्ने उस्तै राम्रो
गाउने पनि गीत
उहाँको जस्तो मीठो गरी
कसले लाउला प्रीत ??