
रञ्जुश्री पराजुली
विजयको उत्सव यो
रङ्गको हाम्रो पर्व हो
हातेमालो आपसमा
गर भन्छ यो चाडले।
जानबुझ सब जन
होली पर्व कस्तो हो
के गर भन्छ यस्ले
त्यसै गर मानेर।
रिसराग नगरी
हातेमालो गरेर
सप्त रङ्गी खेलेर
मन मिलाउ मानेर।
नखल्नेलाई लखेटी
नाना भाँती जिस्क्याउँदै
छ्याप्न्न हुन्न रङ्ग पानी
होली अर्थ त्यो होइन।
प्रत्यक रङ्गका आआफ्नै।
अर्थ हुन्छन् त्यो बुझ।
राम्रो पथ हिड्नलाई।
सिक्नु पर्छ मानेर।
झैझगडा नगरी
आपसमा मिलेर
रङ्गखेलौं रमाएर
रङ्ग होली वरसे रे …
भन्ने गित गाएर।





