“अनुशासन”


तुलसी पण्डित

अनुशासन गहना
स्कुलै हो बहना
उठौँ सबै जागेर
हिड्नु हुन्न तर्केर

सबै हाम्रा साथी
जानुछ है माथि
अब हामी मिलेर
स्कुुल जाउँ हिँडेर

खाना पकाउ आमा
लगाइ देउन जामा
झोला आफैँ बोकेर
हिँडे सलाम ठोकेर

सबै जुटी पढौँन
अघिअघि बढौँन
जागौँ अब उठेर
हिँड्न हुन्न डुलेर

यता आउ नानु
खेल खेल सानु
समात है बल
न गर है छल।