Categories: बाल कथा

अनौठो परीक्षा


जी के किङ

धेरै पहिले एक जना गुरु थिए । उनले आफ्ना चेलाहरूको परीक्षा लिने विचार गरे। उनले चेलाहरूलाई आफ्ना वरिपरि जम्मा गरेर भने “बाबु हो ! म ज्यादै वृद्ध र कमजोर भइसकेव । अब तिमीहरूले पैसा र खाने कुरा ल्याएर मलाई मद्दत गर्नुपर्छ ।”
सबैले भने- “हो, हामीले गुरुलाई मद्दत गर्नुपर्छ ।”
तर एक जना चेलाले गुरुलाई भने-“गुरु ! यो काम त सजिलो छैन । यहाँका मानिसहरू उदार छैनन् । अहँ, उनीहरूले हाम्रो मद्दत गर्दैनन् ।”
गुरुले भने- “बाबु हो । मैले तिमीहरूलाई माग्न जाऊ भनेको होइन । मागेर काम चल्दैन । मैले त सोद्धै नसोधी ल्याऊ भनेको मात्र हुँ। त्यो काम म आफैँँ गर्न सक्दिनँ । त्यसैले तिमीहरूसँग मद्दथ मागेको हुँ। मलाई कसले मद्दत गर्छ ?”सबैले एकै स्वरमा भने “हामी मद्दत गर्छौँ। हामीले के गर्नुपर्छ, बताउनुहोस् ।”
गुरुले भने- “कसैले पनि नदेख्ने ठाउँमा गएर लुक्नू । त्यहाँ कुनै धनी मान्छे आउँछ कि भनेर कुरिरहनू । धनी मान्छे आउनेबित्तिकै बिस्तारै कसैले नदेख्ने गरी उसका धनमाल र रुपियाँ खोस्नू । तर उसलाई कुनै प्रकारको दुःख दिन भने पाउने छैनौ ।”
सबै चेला गुरुको आज्ञा मान्न तयार भए । तर एक जना चेलो भने टाउको निहुराएर बसिरह्यो।
गुरुले अलि चर्को स्वरले उसलाई भने – “बाबु, तिमीलाई के भयो ? तिमी मेरो आज्ञा पालन गर्न तयार छैनौ ?”
केटाले भन्यो- “गुरु, मलाई क्षमा गर्नुहोस् । म तपाईँले भन्नुभएजस्तो गर्न सक्दिनँ ।”
“किन र ? तिमीलाई के भयो, मलाई सबै बताऊ ।” गुरुले भने ।
केटाले जवाफ दियो- “गुरु ! कसैले नदेख्ने ठाउँमा गएर चोर्नु भनेर तपाईँले हामीहरूलाई अर्हाउनुभयो । यो काम त हुनै सक्दैन । म एक्लै भएको ठाउँमा पनि म भित्रको ईश्वरले देखिरहेको हुन्छ । त्यसैले बरु म माग्न जाउँला तर चोर्न जान्न । मैले चोरेँ भने मलाई त थाहा हुन्छ नि । त्यसैले म आफैँलाई छल्न सक्दिनँ ।”
केटाको यस्तो कुरा सुनेर गुरुको मुख उज्यालो भयो । उनी खुसीले गद्‌गद् भए। खुसी हुँदै उनले भन्न थाले-“आखिर एक जनाले त मैले पढाएको कुरा बुझेको रहेछ !”
गुरुको कुरा सुनेर अरू सबै चेलाहरू लाजले भुतुक्क भए। उनीहरूले टाउको निहुराए। गर्न नहुने काम उनीहरूले त्यस दिनदेखि कहिल्यै गरेनन् । आफूभित्रको ईश्वरले देखिरहेको हुन्छ भन्ने कुरा उनीहरूले सधैं सम्झिरहे।
यो कथा तपाईँलाई कस्तो लाग्यो र तपाईँले कति क्लासमा पढ्नुभएको थियो कमेन्ट गर्न नबिर्सनु होला।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

21 hours ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

22 hours ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

22 hours ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

2 days ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

2 days ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

3 days ago