रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
ढाँट्न हुन्न सिकाउने काका मामाले
इमानदारी पढाउने गुरुआमाले
आज मलाई ढाँट्नु भो किन यस्तो भो?
नमज्जा भो असाध्यै कस्तो कस्तो भो
मैले पनि जान्या छु, निहुँ झिक्छु म
भोलिदेखि यसरी नै ढाँट्न सिक्छु म
सिको गर्नुस् असल र राम्रो बानीको
कुरा खानुुस् हजुरले बाबुनानीको
आज ‘अप्रिल फर्स्ट´ रे ढाँट्नु पर्दछ
यस्तो नियम आइन्दा छाँड्नु पर्दछ
अबदेखि ढाँट्दिनँ म भन्नू सबैले
म झैँ साँचो म झैँ ज्ञानी बन्नू सबैले ।
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…