सरु पनेरु
दिन र रात झरी र बादल, पानी र असिना
ती कर्मनिष्ठ किसान सधैँ बगाउँछन् पसिना
दुःख वा सुख अनेक दिन कटाउँछन् हाँसेर
धर्तीमा तब बचाउँछन सबलाई आफूतक बाँचेर
रोपेर मानो फलाउँछन् अनाज धर्तीमा अपार
नफाल अन्त अमूल्य छ है बानीलाई सपार
छ कर्मवीर, छ मेहनती घर्ती नै उसको साथ
पौरख गरे सबैको माझमा उच्च हुनेछ माथ
अविरल वर्षा धर्तीमा जब बर्सिन्छ निर्झर
सुन फलाउने जहान पाल्ने सपना फर्फर
बिजुली चम्क्यो आकाशमा फेरि वृष्टिकाे वहाड
कृषकको लागि महान उत्सव खुसीका चहाड।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…