Categories: कविता

“असार पन्ध्र”


शिव पुन

नेताजीकाे भाषण थियाे,छेउमा थियाे गमला
पत्रकार पुगि हाले , ऋषि धमला।

पसिना पुछ्दै जनता भने,भाषण सुन्न विवश
आजै हाे असार पन्ध्र, धान दिवश।

गमलामा बीउ राेपी, असार पन्ध्र मनाए
यसै गरि साेझा जनता, उल्लु बनाए।

धेरै पल्ट ताली खादै, कति बसे शासनमा
मल खात काे त कुरै छैन,ढाट्ने भाषणमा।

जनता भने आलि माथि , दहि चिउरा खादैछन्
काेहि भने बाँझै छाेडी, विदेश जादैछन्।

सबै भन्छन् हाम्राे नेपाल, कृषि प्रधान देश हाे
सधै जनता झुक्याउने, कस्ताे भेष हाे।

सबै भन्छन् चुनावमा, कृषि क्रान्ति ल्याउने छु
सबै तिर विकास गरि, काम भ्याउने छु।

हामी पनि भाषण भन्दा, काम तिर जाने हाे
आफ्नै पौरख पसिनाकाे,कमाई खाने हाे।

सारथि बाल पत्रिका

View Comments

  • Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शून्यको यात्री र रित्तो सेतो छडीको रोदन

रोजिना घिमिरे अन्धकारको यो अनन्त सुरुङभित्र उभिएर म आफ्नै अस्तित्वको ढकढक्याहट सुनिरहेको छु। गुरु, तपाईँले…

4 hours ago

“पुतली”

गणेश आत्रेय मदनपोखरा,पाल्पा फुरफुर पुतलीले नृत्यलीला चलाई। सकल सुमन चाली मोजमा अल्मलाई॥ मधुर सुमन रोजी…

5 hours ago

पुलेसो

बिन्दु पाैडेल वस्ती भरतपुर -२, चितवन पहाडको फेदमा सम्म परेको फाँट थियो । खेतीयोग्य जमिन…

5 hours ago

मायाप्रेम

शुक्रराज कुँवर धरान १० प्रसव पीडाले रेखा साह छटपटाइरहेकी थिइन्। प्रसुति कक्षमा नर्सहरू आ-आफ्नो जिम्मेवारीमा…

1 day ago

एकता

तुलसी पण्डित आमा यता हेर्नू न यी कमिलाहरूको करामत, आमाले दृष्टि पुर्याउनु भयो । त्यहाँ…

1 day ago

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 days ago