श्रीधर भण्डारी
बर्दिया हाल:बारा
बगैँचाको आँप आहा!
कति मीठो।
मिठो मानी खान्छन्
सबैले छिटो।।
फलको हो राजा
भिटामिन धेरै।
तागत दिन पनि
लाग्दैन है बेरै।।
केटाकेटीदेखि
बुढाबुढीसम्म।
खाएपछि आँप
पेट हुन्छ टम्म।।
सफासँग धोई
खानुपर्छ आँप।
ठिक्क खानुपर्छ
यति जानिराख।।
असार र साउन
आँप खाने बेला।
पानी परेपछि
जानुपर्छ मेला।।
परिवार, साथीसँग
मिली खानू।
मिठो आँप खान
बगैँचामै जानू।।
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…