Categories: बाल कथा

आफ्नै पाइला

 


माहेश्वरी भट्ट
कञ्चनपुर

राजु बचपनदेखि नै किताबहरूमा हराउँथे। उनी ज्ञान खोज्दै पाना पल्टाउँथे, तर बाहिरी संसारसँग धेरै घुलमिल हुन्नथे। उनलाई लाग्थ्यो, किताबले नै सबै सिकाउँछ।
एकदिन उनले ‘सफलताको रहस्य’ भन्ने पुस्तक पढे। पुस्तकले लेखेको थियो— “ठूलो व्यवसायी बन्न परिश्रम, धैर्य र अनुभव आवश्यक हुन्छ।”
राजु उत्साहित भए। उनले आफ्नै व्यवसाय खोल्ने सोच बनाए। तर केही महिनामै व्यवसाय डुब्यो। उनी निराश भए।
त्यही बेला उनका हजुरबुबाले सोधे, “के भयो राजु?”
राजुले जवाफ दिए, “मैले किताब पढेर व्यवसाय सुरु गरेँ, तर असफल भएँ।”
हजुरबुबाले मुस्कुराउँदै भने, “पुस्तकमा बाटो लेखिएको हुन्छ, तर त्यो बाटोमा कसरी हिँड्ने भन्ने त आफ्नै अनुभवले मात्र सिकाउँछ।”
राजुलाई महसुस भयो— किताबले ज्ञान दिन्छ, तर सफलता अनुभव र प्रयासले मात्र सम्भव छ। त्यसपछि उनले आफ्ना गल्तीहरूबाट सिक्दै, पुनः मेहनत गर्न थाले।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

14 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

14 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago