आइसा कडरिया
कक्षा ९, हाेली भिजन स्कुल, काँडाघारी, काठमाडाैं
नौ महिना कोखमा राखी जन्म दियौ आमा
जिन्दगानी दुई दिनको रैछ घामछायाँ।
दुःख कष्ट गरी हुर्काइदियौ अनि
संसारभरि मेरा सन्तान राम्रा हुन्छन् भनी।
भन्ने थियो यो मनमा सुख, खुसी दिन्छु
तिम्रो खुसी हेर्नलाई यो संसारै किन्छु।
मलाई माफ गरिदेऊ आमा यदि केही गल्ती गरेछु भनी
तिम्रै मायाको आधारमा आजसम्म बाँचेको छु म नि।
कहिले काहीँ तिम्रो मन दुखाइदिए होला
आफ्नै छोरी हो भनी माफ गरिदिनु होला।
तिमीले गरेको गुणको रिन तिर्न नसकुँला
तर पछि तिमीलाई सुख र खुसी राखौंला।
छोरी हुँ भन्दैमा गर्न सक्दिन नभन आमा
छोराजस्तै मिहिनेत गरेर समाजलाई देखाउँछु म।
समाजले हेपे भन्दैमा तिमी नरोऊ आमा
तिम्रो लागि म छु नि त, सधैं हाँस आमा।
श्रोतःbaalsansar.com
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…