शोभा कोइराला

सारा नाता लाग्छ जस्तै अजान
आमा भन्दा हुन्न उस्तै समान
पृथ्वी जस्तै मातृवात्सल्य दाता
आमा नै हुन् सृष्टिकर्ता विधाता ।१।

आमा जस्तै हुन्न कोही जगत्‌मा
आमा जस्तै हुन्न कोही विपद्‌मा
न्यानो न्यानो काखकी हुन् प्रदाता
आमा नै हुन् सृष्टिकर्ता विधाता ।२।

आफ्ना सारा दु:खलाई छिचोल्दै
सच्चा सेवा गर्दछिन् प्रीत घोल्दै
शिक्षादाता प्रेरणायुक्त आशा
आमा नै हुन् सृष्टिकर्ता विधाता ।३।

काला बैरी कालकी अग्निशाला
घातीलाई ध्वस्त पार्ने निकासा
आँधी निल्ने मातृका जन्मदाता
आमा नै हुन् सृष्टिकर्ता विधाता ।४।

सारा इच्छा त्याग्दछिन् बारबार
पाखण्डीमा बन्दछिन् सूत्रधार
झर्ना जस्तै निर्मला हुन् सुजाता
आमा नै हुन् सृष्टिकर्ता विधाता ।५।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

आमाको माया

मातातिर्थ औसीको उपलक्ष्यमा तुलसी पण्डित भैँसीले छट्पटीदै भुइमा पाडो खसाल्यो । पाडो खसेपछि भैँसी र्याल…

1 hour ago

चरीको वियोग

मातृ औंसी विशेष राजन् कार्की धरान सुनसरी "रामरी बस ल !" माउले बचेरालाई सुम्सुम्याउँदै भनी।…

1 hour ago

“आशाको आँसु”

दुर्गा घिमिरे आज विद्यालयमा नतिजा प्रकाशित हुने दिन थियो। बिहानैदेखि विद्यालयको वातावरण निकै चहलपहलपूर्ण देखिन्थ्यो।…

2 hours ago

पहिलो वैशाख

निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत बिहानबाट आज छोरीको पाठशाला जाने चहल पहल छैन। छोरीको…

1 day ago

नयाँ वर्ष

रम्भा पौडेल “आज नयाँ वर्ष २०८३ हो । हरेक नायाँ वर्षले आशा , भरोसा र…

1 day ago

घुमन्ते जन राउटे

कृष्णशरण उपाध्याय पौडेल बस्छन् जङ्गलमा सारा , घुमन्ते जन राउटे निल्छन् पीडा व्यथा गाह्रा ,…

1 day ago