
विके माकजु
भक्तपुर
आयो माघ आयो
ठन्डी मौसम ल्यायो
छैन कुनै शुरै
काँप्यो जीउ पूरै
लौ लौ चिसो फाल
बाल आगो बाल।
तुषारो छ सेतै
शीत लहर उस्तै
आकाशभरि हुस्सु
आम्मै नी! स्यु स्यु
जाडो भगाउ छिटो
घाम लाग मिठो।
सुन्थेँ माघको जाडो
यसै त्यसै जान्छ
बच्चाको जाडो
बाख्रोले खान्छ
भएँ म त ठहरै
होइन रैछ बरै!
भयो आकाश जाम
देखिएन घाम
बाहिर नबसौँ
घरभित्र पसौँ
भाग्छ जाडो भाग्छ
गर्मी अनि आउँछ।





