लता के. सी.
तीनकुने,काठमाडौँ
“हिजो राति फेरि रक्सी खाएर पिट्यो होला ?” छोरीको अनुहार देखेर आमाले परैबाट लख काटिन् ।
कमला अध्याँरो मुहार बोकेर सखारै माइतीको ढोका घच्घच्याउन पुगेकी थिइन् । अघि पछिजस्तो आज उनले आफूलाई सम्हाल्न सकिनन् । आमाको अघिल्तिर क्वाँ, क्वाँ रुँदै भनिन् , “आमा , वर्षौँदेखि भोग्दै आएकी छु । यो प्रताडना कत्ति भोगुँ ?”
कमलाका आमाबुबा एक अर्काको अनुहार हेर्दै `के गर्ने ?´ भनेर खासखुस गर्न थाले ।
उनले भनिन् , “मैले घरको इज्जत र छोराछोरीको भविष्य बिग्रिन्छ भनेर सहेँ तर मैले जति सहेँ, हिंसा त्यति नै बढ्दै गयो। अब म सहन सक्दिनँ। ”
उनी हारगुहार गर्दै थिइन् । पछि लागेर उनको लोग्ने पनि ससुराली पुग्यो । स्वास्नीको जगल्टा समात्दै ऊ कड्कियो, घर हिँड । भित्रको कुरो बाहिर ल्याएर के तमासा गरेकी ?”
कमलाको बुबाले ज्वाइँलाई सम्झाए, “लैङ्गिक हिंसा सामाजिक अपराध हो । कानुनले तिमीलाई सजाय गर्नेछ भन्ने कुराको हेक्का राखेनौँ ?”
कमलाले दृढ आवाजले भनिन् ,”यो अपराधीले यति सहजै कुरा खाने छैन । यसलाई मुद्दा नहाली हुँदैन , बुबा !”
उनको लोग्ने कानुनको डरले होला, हच्कियो । हात जोड्दै अनुनय गर्न थाल्यो , “कमला मलाई माफ गर , आइन्दा म यस्तो अपराध गर्ने छुइनँ ।”
प्रेमनारायण भुसाल काठमाडौँका सडकमा बिहान ५–६ बजेको झिसमिसेमै पाँच वर्षदेखि १७–१८ वर्षसम्मका बालबालिका विद्यालय बस…
आशिष चाैधरी "अजनबी" बर्दिया बगैँचामा फूल फुल्दै खेल्दै हुर्किएका फूलहरू रङ्गीचङ्गी रङ्गहरू छर्दै हाँस्दै फुलेका…
बालबालिकाको सर्वोत्तम हित, मर्यादा, गोपनीयता र सुरक्षालाई प्राथमिकतामा राख्दै जिम्मेवार तथा बाल संवेदनशील पत्रकारिताको प्रवर्द्धन…