Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/sarathib/public_html/wp-content/themes/Newspaper/functions.php on line 5
परिस्थिति | सारथि बाल पत्रिका
Categories: बाल कथा

परिस्थिति


सुमन कडरिया
चितवन

“बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले रोक्यो। “किन यस्तो सोध्यौ बाबु ?”- उनले झस्किएझैँ गरेर सोधे । छोराले आज विद्यालयमा भएको घटना सुनायो, “सरले कक्षामा ‘झुटो बोल्नु हुँदैन’ भनेर पढाउनुभयो। तर उहाँले नै हेडसरसँग झुटो बोल्नुभयो।”  “के भन्नुभयो र ?”  “आज कक्षामा सबै विद्यार्थी उपस्थित थिए भन्नुभयो। तर दुईजना साथी त विद्यालय आएकै थिएनन्।” बाबाले सहज हुँदै भने, “सायद हेडसरको गालीबाट बच्नलाई होला।” छोरा केही बेर चुप लाग्यो। अनि अचानक सोध्यो,- “बाबा, हिजो तपाईँले पनि फोनमा ‘म बजारमा छु’ भन्नुभएको होइन र ? तपाईँ त घरमै हुनुहुन्थ्यो।” बाबाको कलम रोकियो। केही बेरको मौनतापछि उनले भने, “परिस्थिति त्यस्तै थियो बाबु!” उसले बाबाको अनुहारमा पुलुक्क हेर्यो र सोध्यो – “अनि ठूला मान्छेले चैँ झुटो बोल्नु हुन्छ ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

आवाज

लता के. सी. तीनकुने,काठमाडौँ "हिजो राति फेरि रक्सी खाएर पिट्यो होला ?" छोरीको अनुहार देखेर…

37 minutes ago

विद्यालय सिकाइ कि यातना केन्द्र ?

प्रेमनारायण भुसाल काठमाडौँका सडकमा बिहान ५–६ बजेको झिसमिसेमै पाँच वर्षदेखि १७–१८ वर्षसम्मका बालबालिका विद्यालय बस…

59 minutes ago

“नटिप्नु फुल श्राप लाग्छ है”

आशिष चाैधरी "अजनबी" बर्दिया बगैँचामा फूल फुल्दै खेल्दै हुर्किएका फूलहरू रङ्गीचङ्गी रङ्गहरू छर्दै हाँस्दै फुलेका…

2 days ago

वाइफाइ

  शरद गौतम सात वर्षे नाति सुमनलाई हरिलालले भन्छ्न "बावु, हिँड तिमी आमा र तिम्रो…

2 days ago

बाल संवेदनशील पत्रकारिता सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

बालबालिकाको सर्वोत्तम हित, मर्यादा, गोपनीयता र सुरक्षालाई प्राथमिकतामा राख्दै जिम्मेवार तथा बाल संवेदनशील पत्रकारिताको प्रवर्द्धन…

2 days ago

“खुसी”

ह्रदय लेखाली आयो भाइ विदेशबाट अहिले साह्रै खुसी भित्रियो ठूलो ताप थियो परन्तु अहिले साँच्चै…

3 days ago