Categories: बाल कथा

आहार,विहार र विचार


अन्जु शर्मा
रातोपुल

ब्राह्मण निकै गम्भीर भए।
उनले बोत्तलकै पानी पिउने विचार गरे।
त्यसदिन ब्रम्ह मुहर्तमा पिपलको रूखको फेदमा ब्रम्हलिन भएका थिए ब्राह्मण। ब्राह्मणको धर्म निभाउँदै गौमातालाई बचाउन उनलेे एकमात्र झुट बोलेका थिए । तर सेर्पाले पत्तो पाइहाले। तब बदला स्वरूप सेर्पाले ब्राह्मणको ब्राह्मण धर्म नस्ट गर्ने विचार गरे।
सेर्पाले आफूसँग भएको हतियार देखाएर “यी चार चिज मध्ये एकको प्रयोग तिमीले गर्नैपर्छ ब्राह्मणलाई धम्क्याए।” चार चिजमा युवती, मासु, सुन र मदिरा थिए।
ब्राह्मणले निकै बेर चिन्तन गरे । अनि मनमनै सोचे “परस्त्री, पराइ धन, जीवहत्या र उपभोग मेरो धर्म बिरूद्ध हो।त्यसैले यो बोत्तल को पानी पिउछु। एकपटक पिसाब फेर सकिहाल्छ।”
“ब्राह्मण ! किन चुप लागेका ?” सेर्पाले हतियार देखाए।
ब्राह्मणले नरम हुँदै भने, ” म बोत्तलको पानी पिउछु।”
“लु पिउ !” सेर्पले बोत्तल दिए।
ब्राह्मणले एकै पटकमा सुइँक्याए। बोतलको नसालु पानीले ब्राह्मणको दिमागलाई रंगिन बनायो । उनलेे छेउमा बसेकी युवतीलाई च्याप्प अंगाले।
मुस्कुराउँदै सेर्पाले भने” देख्यौ त ब्राह्मण ! गलत आहारको परिणाम कसरी विचार र विहारमा पर्दोरहेछ ?”
ब्राह्मणले शिर झुकाउँदै भने, “म सोच्न बाध्य छु सेर्पा ! गलत तिमी कि म ?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

3 hours ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

3 hours ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

2 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

2 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

3 days ago