Categories: बाल कथा

उज्यालो कक्षा


नन्दलाल आचार्य

कक्षाकोठाभित्र प्रवेश गर्नासाथ शिक्षक विश्वमणिलाई देखेर रमेशले सोध्यो, “सर, आज किन यति खुसी हुनुहुन्छ ?”
विश्वमणि सरको अनुहारमा अझ ठूलो मुस्कान छायो । उनले स्नेहपूर्वक भने, “आज म सिकाउन मात्र होइन, तिमीहरूबाट सिक्न पनि आएको छु, बाबु !”
पूरै कक्षा एकैछिनमा शान्त भयो । सरले आफ्नो झोलाबाट एउटा पुरानो डायरी निकाल्दै भने, “तयारी गरेर नआएको भए म तिमीहरूको आँखामा आँखा जुधाएर हेर्नै सक्दिनथें होला ।”
​सधैँ डराउने स्वभावकी सुष्माले हिम्मत गरेर हात उठाइन्, “सर, तपाईँ त हामीलाई डर देखाउने खालको होइन, बरु सधैँ रमाइलो महसुस गराउने असल गुरु हुनुहुन्छ ।”
सर सुष्मा नजिकै गए र उनलाई हौसला दिँदै बोले, “पढाइ भनेको पीडा वा बोझ होइन । यो त मनका ढोकाहरू खोल्ने एउटा खुसीको उत्सव हो, सुष्मा ।”
यो सुनेर पूरै कक्षा उज्यालिएझैँ भयो र विद्यार्थीहरू खुलेर हाँसे ।
​ठीक त्यहीबेला, ढोका एक्कासि खुल्यो र कडा स्वभावका हेडसर भित्र छिरे । उनको आवाज गर्जियो, “के भइरहेको छ यो कक्षामा ? किन यस्तो हल्ला र रमाइलो ?”
विश्वमणि सरले आफूलाई संयमित राखे, तर उनको बोलीमा दृढता थियो । उनले स्पष्ट शब्दमा भने, “शिक्षक हुनु भनेको जागिर नपाएकाहरूको अन्तिम विकल्प वा सहारा मात्र होइन, हेडसर ! यो त आफ्नो वास्तविक क्षमता प्रमाणित गर्ने एक महत्त्वपूर्ण अवसर हो ।”
​हेडसर निशब्द भए, उनको कडापन एकाएक मत्थर भयो । कक्षामा विद्यार्थीहरूले ताली बजाए ।
सबै कुरा नियालिरहेकी सुष्माले बिस्तारै भनी, “सर, आज मैले ठूलो कुरा बुझेँ- उज्यालो विचार बोकेको शिक्षकले मात्र विद्यार्थीहरूको उज्यालो भविष्य बनाउन सक्छ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

8 hours ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

9 hours ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

9 hours ago

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

1 day ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

1 day ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

2 days ago