Categories: बाल कथा

उपहार


दुर्गा वनवासी

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा पमुख अतिथिको भूमिका निर्वाह गरेर उनी घर फर्किए । सधैँभन्दा साँझ अलि बाक्लिएको थियो । श्रीमतीले ढोका खोलिन् । हँसिलो र स्फूर्त मुद्रामा उनी भित्र पसे । पछिपछि एउटी महिला पनि थिइन् । सोफामा बस्दै ती महिलालाई पनि बस्न इशारा गरे उनले । त्यसपछि श्रीमतीको हात समातेर आफूसँगै सोफामा बसाले । चम्किला आँखाहरुले श्रीमतीको जिज्ञासु अनुहारतिर हेरे ।
“रमिता ! तिमीलाई बहिनी ल्याइदिएको छु नारी दिवसको उपहार ।”
श्रीमतीको असमन्जस अनुहार हेरे, उनको मुस्कान झन गहिरियो। त्यसपछि मीठो स्वरमा भने–“यिनी सविता हुन् ।”
सवितातिर इशारा गरे, सविताले नमस्ते गरिन् । कुटिल मुस्कानसाथ उनले थपे– “हेर रमिता ! तिम्रो स्वास्थ्यले तिमीलाई साथ दिइरहेको छैन । सविताको पनि यो दुनियाँमा कोही छैन । त्यही भएर यो घरको र तिम्रो पनि रेखदेख गर्न यिनलाई लिएर आएको । म तिमीसँग बसिराख्न पनि त भ्याउँदिन, काममा पनि त जानुपर्छ ।”
“त्यो त ठीकै हो तर कलावती छँदैछे त मेरो हेरविचार गर्ने ।” श्रीमतीको झिनो प्रतिवाद ।
“त्यसो भनेर कहाँ हुन्छ ? त्यो रामलालकी स्वास्नीलाई घर जान मात्रै हतार हुन्छ जहिले पनि । लोग्ने र छोराछोरीको मात्र चिन्ता भइराख्छ । साँझ पर्न नपाउँदै घरतिर दौडिहाल्छे । सविता त सधैँ यहीँ बस्छिन् । यिनका केटाकेटी पनि छैनन् । घरधन्दा मात्र नभएर यिनले तिम्रो पनि रेखदेख राम्ररी गर्न सक्छिन् । मेरा लुगाकपडा धुने, इस्त्री गर्ने, आवश्यक्ताहरु विचार गर्ने जिम्मेवारी पनि अब यिनकै हो । तिमीलाई भोलिदेखि आरामै आराम ।”
श्रीमतीको कुनै प्रतिक्रिया नपाएपछि अँध्यारिएको चिउँडो उचाल्दै उही मुस्कानसाथ सोधे –“अब भन त प्यारी ! तिमीलाई मेरो नारी दिवसको उपहार कस्तो लाग्यो ?”
बस् ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

12 minutes ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

25 minutes ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

39 minutes ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

1 day ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

1 day ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

1 day ago