दिपक खनाल “अगम”

शरद ऋतुकाे आगमन अगावै गाउँघरमा दुई,चार वर्ष विदेशमा बसेका लाहुरेहरु दसैँ मनाउन घर फर्कने क्रम जारी थियाे । तर चमेलीकाे श्रीमान बखतमान उत्तरी भारतकाे हिमाचल प्रदेश कुल्लु मनाली गएको ६ वर्ष पुगि सक्दा पनि फर्कन सकेका थिएनन् । यस बिचमा चमेलीलाई दुई छाेरी र एक छाेरा हुर्काउन, बढाउन र पढाउन निकै धाैं धाैं परेकाे थियोे ।
उनी हरेक दिन ज्याला मजदुरी गरेर आफु र आफ्नाे बचेराहरुकाे आहारा जुटाउने गर्थिन् । चाडपर्व, लुगाफाटोकाे लागि त हरेक वर्ष रिट्ठे साहुसँग हारगुहार गरेर दुई, तीन हजार ऋण लिन्थिन् । लिएको ऋणले चाडपर्व जसाेतसाे टार्थिन् पनि । छाेराछाेरी लाई हुँदा मज्जाले खाने र लाउने झिनाे तर मिठाे सान्त्वना पनि दिन्थिन् । दसैँ मान्न लिएकाे ऋण तिर्न बखतमानले हरेक वर्ष साथीहरूको हातमा केही रकम चमेलीलाई पठाउथे । तर ऋण जति बुझाए पनि कहिल्यै चुक्ता हुँदैनथ्यो । उता बखतमान यता चमेली साहुकाे ऋण सम्झेर धुरुधुरु रुन्थे ।
बखतमानकाे भएकाे एक गट्ठा घडेरी आफ्नाे नाममा बनाउने रिट्ठे साहुकाे जाल तयार भैसकेको थियाे । ऋण चुक्ता गर्ने झिनो आशाले बखतमान चाहेर पनि नेपाल फर्किन सकेका थिएनन् । सबै ऋण तिरे पछि मात्रै फर्कन चाहन्थे । यता चमेली भने रिट्ठे साहुकाे कठाेर बुझ्न नसकिने एउटा मात्र बढी सुन्यकाे खेलले सर्वस्व गुमाइ रहेकी थिन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

17 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

18 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago