Categories: कविता

“एकादशी व्रत”


रामप्रसाद पन्थी
रेसुङ्गा न.पा २ तम्घास, गुल्मी

एकादशी व्रत बस्ने किन हाेला आमा ?
उता म त भाेकै बस्छु भन्नू हुन्छ मामा।

एकादशी व्रत बसे धर्म हुन्छ नानी
व्रत बस्ने पूजा गर्ने राम्राे हाे नि बानी।

आमा अनि मामाबाट कुरा बुझेँ धेरै
एकादशी व्रत बस्न किन गर्थेँ बेरै।

नुहाएर चाेखा लुगा लगाएर फेरी
मठ चाेखाे पार्नु थियाे किन बस्थेँ हेरी ?

तुलसीकाे मठ लिपी सफा चट्ट गरेँ
निगालीकाे लिगाे गाड्दा भाइ दङ्ग परे।

फूल माला थरी थरी झिलीमिली भयाे
तुलसीकाे बिहे भन्दा खुसियाली छायाे।

दिनैभर निराहार हामी भाेकै बस्याैँ
बेलुकीमा पूजा गर्न सबै कम्मर् कस्याैँ

जल खाई तुलसीकाे विहे पनि भयाे
मानेँ मैले एकादशी महत्वकाे छ याे।

साँझपख कन्दफूल फलफूल खायाैँ
रातैभर नारायण भक्ति गीत गायाैँ।

छाड्नु हुन्न धर्म कर्म भुल्नु हुन रीति
सबै मिली बसाउनु पर्छ आफै थिति।

सारथि बाल पत्रिका

Recent Posts

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

12 hours ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

12 hours ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

12 hours ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

1 day ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

1 day ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

2 days ago