Student using a cheat sheet for his test
तुलसी पण्डित
आउआउ सबै साथी जाँच दिने हो
उच्च शिक्षा पढ्ने यो सानो जग हो
हल्लाखल्ला न गरि जाँच दिने हो
अझ सुन्दर भविष्य बनाइ छाड्ने हो।
खुट्टा आफ्नो दह्रो भए चोर्नु पर्दैन
दायाँबायाँ आँखा तन्काइ हेर्नू पर्दैन
परीक्षामा केन्द्रित हुँदै जाँच दिएमा
सुन्दर पो कहलिन्छौ सफल भएमा।
एसईईको परीक्षालाई सम्मान गर्नु छ
सफलता शिखर चुम्दै अघि बढ्नु छ
बद्नामीको खराव पगरी भिर्नु हुँदैन
आफैँ माथि घात हुन्छ चोर्नु हुँदैन।
यो मन कन्ट्रोल गरी जाँच दिनु छ
कमजोर पक्ष जति छ हटाइ दिनु छ
आत्तिन नै हुँदै हुन्न त्यसले सडाउछ
आएको भुल्न सक्छ पछि पुर्याउछ।
कतै कतै देखे मैले चिट चोराको
झ्यालबाट खुरुखुरु चिट दिएको
कुर्कमले सबै शान अझै गिर्नेछ
नराष्टको इज्जत हुन्छ सधैं पिर्नेछ।
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…