Categories: विविध

एस ई ई परीक्षा २०८० काे नतिजाको समीक्षा

किरण भुसाल
चितवन

एस ई ई परीक्षा २०८० काे नतिजाको समीक्षा गर्दा मलाई छी भन्न पनि मिल्दैन र आहा भन्न पनि नमिल्ने छ जस्तो लाग्यो।
कुन मानेमा भने कुनै पनि परीक्षाको नतिजा परीक्षा स्वयंमा निहित रहेको हुँदैन। त्यसका सरोकारवालाहरु हुन्छन् । जस्तै- विद्यार्थी, शिक्षक, अभिभावक, समाज, शिक्षा प्रणाली, आदि । परीक्षामा लेख्ने विद्यार्थी भएता पनि प्रेरित गर्ने शिक्षक हुन्, वातावरण तयार गर्ने अभिभावक हुन् र समाज हो। एक विद्यार्थी कक्षामा सिकाइका लागि जाँदै गर्दा उ कुन अवस्था लिएर जाँदैछ? वा जान खोजेको छ कि छैन?, उसको मानसिक, सामाजिक, व्यावहारिक तथा मनस्थिति कस्तो लिएर जाँदै छ? भन्ने प्रश्नको उत्तरले अर्थ राख्छ। वास्तवमा भनौं उनीहरूकाे यी सबै अवस्थाको सुक्ष्म अध्ययनको आवश्यकता छ।
त्यसैले २०८० मा जे जस्तो भएपनि अब फेरी नीतिलाई सराप्नु र गाली गर्नु भन्दा २०८१ काे राम्रो नतिजाका निम्ति सुक्ष्म अध्ययन सुरु गर्ने की? विद्यार्थीलाई प्रेरणा तथा असल सिकाई र व्यवहार दिन थाल्ने की? काे बाट सुरु गरौं त ?म बाट सुरु गरौं र हामी सम्म पुग्ने कोसिस गरौं ।
भनिन्छ नि एक थुकी सुकी हजार थुकी नदी, साबित गराउँ न। अझ यो सामुदायिक र संस्थागत भन्ने त फोहोरी खेल भइसक्यो। कसले कसलाई होच्याउने भन्ने ताकमा नभई समग्र अभिभावकले, शिक्षकले, समाजले, देशले, अझ विद्यार्थी स्वयंले गरेको अपेक्षाको नतिजा आर्जन प्रति लागि परौं त।
पाठ्यक्रमको उद्देश्यले सिकाई र व्यवहारलाई मध्यनजर गरी सिकाई उपलब्धि हासिल गर्न प्रेरणा दिन्छ हामी 4 GPA मा अल्झिएका छौँ।
मेरो हकमा भन्ने हो भने म २०८०काे नतिजाबाट सन्तुष्ट छु तर २०८१ काे लागि भोको छु, दिन दिनै हाम्रा बालबालिकाहरुको लागि अध्ययनरत छु, अनुसन्धानरत छु।
आउनुहोस् सबै मिली २०८१ लागि सफल र सुखी बनाऊ, न की ग्रेडको होडबाजी।

सारथि बाल पत्रिका

Recent Posts

जनै पूर्णिमा : परिचय , विशेषता र महत्व

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र…

3 hours ago

प्रकृति

बलराम दंगाल रत्ननगर,चितवन “हेर्नु त बुवा ! मानिसले प्रकृतिलाई पनि जितिसक्यो नि,” छोराले मोबाइलमा बाँधको…

3 hours ago

“हाम्रो प्यारो संसार”

लक्ष्मी बडाल घाम लाग्यो झुल्केर, फूल हाँस्यो फक्रेर, चराले गीत गाउँदा, नानी उठिन् हर्षेर! हात…

3 hours ago

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

1 day ago

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

1 day ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

1 day ago