ढाकामोहन बराल
पोखरा ७ मासबार, कास्की

“अलि अगाडि नै आउनु पर्थ्यो नि चाडबाडमा त ,पर्सीको टिको छ आज यति राती आयौ ? ” आमाले खुट्टामा ढोग गरेको छोरालाई उठाउँदै भनिन्।
“के गर्नु आमा चाँजोपाँजो मिलाउन नसकिने।” भन्दै छोराले झोलाबाट पोको झिकेर आमालाई दियो। बुहारीले पनि आमालाई ढोगे पछि सबै भित्र पसे। बुबा निदाउँन लागेका रहेछ्न्। “सुन्नुहोस् त , बाबु आएको छ।” आमाले भनिन्। बुबा उठेर खाटमा बसेपछि छोरोले ढोगेर बाबुसँगै बस्यो।
“यसपटक कटुस चाँडै फलेर झर्छ कि भनेर तिमीहरु नआउँदै टिप्न पठाएको घर ल्याएर खोल्दा हातमा काँडाको ठोसा बिजेका छ्न्।” बुबाले भने।
“हुन पनि रितेसले कति मीठो मानेर खान्छ।” आमाले भन्नु भयो।
“खोइ त रितेस? ” बुबाले सोध्नु भयो।
“पोहोर पनि एक दिनको अघिपछि गरेर आएका थिए बाबुछोरा। नाति भोलि आउने होला।” आमाले अनुमान लगाइन्। “उसैको चाँजोपाँजो मिलाउँदा त अगाडि आउन पाइएन नि बुबा। उसको हिजो मात्र फ्लाईट थियो। नाति त अमेरिका पुग्यो।” बुहारीले भनिन्।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

23 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

24 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

2 days ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

4 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

4 days ago