Categories: कविता

कल्कल बग्ने हिमाली नदी


कमल प्रसाद बगाले रेग्मी
वालिङ्ग बजार स्याङ्जा

कल्कल बग्ने हिमाली नदी सुन्दर महान
मिलेर बस्छौँ नेपाली सबै बनेर जहान,

वनमा मिठो कोइली गाउँछे वेदना घोलेर
न्याउली पनि सुनाउन थाल्छे हृदय खोलेर,

जुरेली चरी पिरती गाँस्छे हाँगामा बसेर
ढुकुर जोडी रमाई नाँचे दुई् मुटु कसेर

हिमाल पहाड तराई जम्मै नेपाली शान हो
उठाई शिर गर्वले बाँच्छौँ यो हाम्रो प्राण हो,

अनेक भाषा संस्कृति कला नेपाली गहना
समृद्ध राष्ट्र सम्पन्न बन्ने छ हाम्रो चाहना,

नेपाली नाम काफी छ हाम्रो विश्वकै अगाडि
सबैको हामी नेतृत्व गर्छौ छैनौँ है पछाडि,

मेची र कोशी कर्णाली बग्छन् पवित्र भूमिमा
यही नै जन्म पाउँ है सधैँ लौ अर्को जुनीमा,

पुर्खाको नासो जोगाई राखौँ मुटुमै गाँसेर
नेपाल आमा बस्दछिन् तब मुसुक्क हाँसेर।

सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

11 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

11 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

11 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

11 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

2 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

2 days ago