Categories: कविता

“कविता अनि म”


अम्बिका माइली

कविता लेखी के पाईन्छ??????????????
कविता लेखी धेरै कुरा पाइन्छ,
हामी दुईबिचको गहिरो प्रेम कहानी हो कविता
भावनात्मक सम्बन्ध हो कविता
आफ्नो भाषा साहित्यलाई प्रेम गर्नु अपराध होइन
आाफ्नो भावनालाई कवितामा उतार्नु पनि त अपराध होइन
अन्तरआत्माको आवाज हो कविता
आत्माको तृष्णा हो कविता
आाधा रातमा अथवा शुन्यतामा हराएपछि
यी नयनहरु कहिँ कतै हराएपछि
जन्मिन्छे सीता जस्ती पवित्र कविता
मेरो अन्तरआत्माको आवाज हो कविता
अक्षरहरु बटुलबाटुल गरि
अमृतरुपी मिठा शब्दहार तयार गरि
साहित्यको बगैँचामा फुलाउछु कविता
रङ्गीन अनि सुगन्धित कविता
अन्तरआत्माको आवाज हो कविता
अन्तरआत्माको आवाज हो कविता।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

17 hours ago

“पढ बाबू नानी”

चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…

17 hours ago

“बुझ्याै ? बाबू नानी”

फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…

18 hours ago

फीफा वर्ल्ड कप 2026

Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…

3 days ago

“पन्ध्र असार”

लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…

3 days ago

“ल्याए है, उँभौली”

युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…

3 days ago