
निमा छिरिङ भोटिया
जलढाका कालेबुङ भारत
“तिमीलाई त मान्छेहरूले घरभित्र मात्र होइन। मान्छेहरूको ओछ्यानमा बस्दा पनि कराउँदैनन्। हामी त भित्र पस्यो भने पनि यो कुकुरको ब्योहारा छैन भन्दै कराउँछन।” भन्दै मन दुखाएको कुरा कुकुरले आफ्नो मनको पीडा सुनाउँछ।
“तिमीले तिम्रो पीडा व्यथाहरूको पहाड देख्छौ। हामीलाई झन कति दुःख छ। कतिले पो माया गरेर केही भन्दैन। तर कति मान्छेहरू त पशु भन्दा तल्लो दर्जाको हुन्छन नि। हामी बसिरहेको ठाउँमा पनि लात हान्छन । खान दिनु त परै जाओस् बसेको ठाउँमा पनि राम्ररी बस्न दिँदैनन्।” भन्दै बिरालोले पनि आफ्नो कुराहरू थप्छ।
“हुनु त ठिकै भन्यौ नि बिरालो बहिनी। सबैलाई यहाँ कहाँ सुख मात्र छ नि। सबैको आ -आफ्नो दुःख उतिकै हुन्छ नि।तर जे होस् जाडो मौसममा त तिमी आरामले घरभित्र बस्न पाउँछौ। हामी त बाहिर काम्दै जाडोमा न्यानो ठाउँहरू खोज्नु पर्छ।” भन्दै कुकुरले फेरि आफ्नो दुःख पोख्छ।
“तिम्रो कुरा पनि ठिकै हो कुकुर दाजु। तर हाम्रो पनि दुःख त उस्तै छ नि। यदि हामी रहेर पनि घरमा मुसाहरूको चक्चक बढ्यो भने त हामीलाई पनि घर मालिकहरूले काम नलाग्ने बिरालो भन्दै बोरामा हालेर सात डाँडा कटाउँछन नि।” भन्दै उसले झन् आफ्नो पीडा यसरी पोख्छ।
दुबै जना एकछिन चुपचाप रहन्छन। यस्तैमा फेरि कुकुर बोल्छ __”भनेपछि देख्दा यहाँ एकले अर्कोलाई राम्रो नै देख्दा रहेछन नि । बिरालो बहिनी।”
यसै बिचमा बिरालो पनि यहाँ हो मा हो मिलाउँछ।





