
श्यामप्रसाद श्रेष्ठ
इमाडोल
“मित्रहरु ! यसलाई कसरी आहार बनाउने ?” बाँदरहरुको समुहमा एक नाइके बाँदरले हातमा लिएको जटा नरिवल हेरेर थुक घुटुक्क निल्दै भन्यो।
अर्को एक बाँदरले चिन्तित हुँदै भन्यो, “ हो मित्र ! यति मीठो फल पाएर पनि खान सक्दैनौ, त्यसैले त नेपालमा हामीलाई व्यङ्ग्य गरेर भन्छन, “बाँदरको हातमा नरिवल” भनेर।
अर्को एउटा बाँदर बुर्लुक्क उफ्रीदै क्रोधित हुँदै भन्यो, “हाम्रो हातमा परेको नरिवललाई हामीले नास त गरेका छैनौँ नि, तर विश्वकै उत्कृष्ठ भनेको गणतन्त्रात्मक लोकतन्त्र ब्यबस्था अहिले नेपालमा नेताको हातमा जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड भने झैं भएको छ । हामी त पशु तर नेपालको नेतालाई के भन्ने ? महापशु !”





