Categories: बाल कथा

खडेरी


अष्टदेव खनाल
भरतपुर महानगर –९
चितवन

“अहो ! हैन कस्तो खडेरी हो भन्या ” पटुकाको फेरले अनुहारका पसिना पुछ्दै चौतारोको डिलमा बस्दै आम्बोटे काईँलाबाले भने । “अँ त नि यसपाला त उत्पातै भयो” सुर्तीको लुँढो चपाउदै दले घर्तीले भन्यो ।
“असौजको महिना देखि पानी परेको छैन। त्यत्रो तोरी हुन्थ्यो लौ अहिले त तेलै पनि किनेर खान पर्ला जस्तो भो । लगाएको खेती सुकेर खङ्गग्रङ्ग भयो । भएन भनेर डंढेलोले बन पात बिरुवाको हालत त्यस्तै बनेकोछ । चराचुरुङ्गी पानीबिना मर्ने हुन कि भन्ने भय । बस्तुभाउको पेट भर्न पनि समस्या बनेको छ । पानीका मुल सुकेर धारामा कमिला हिडन थाले । यत्रो उमेर भयो यस्तो त थाहा थिएन । हामी केटाकेटी हुँदा पनि खडेरी नपर्ने होइन हप्ता दस दिन घाम चर्के अनि पानी परि हाल्थ्यो । अहिले त आठ आठ महिनासम्म पानी नपरे पछि दुनियाँ कस्को भर पर्ला ? “अचम्म मान्दै कँडेलबाले भने ।
चौतारीमा बसेका पाँच सात जना मध्ये भर्खर पढेर शहरबाट आएको खर्दारबाको कान्छो छोरा रमणले भन्यो ” यो खडेरी त्यसै परेको छैन । भूमण्डलमा तापक्रम अनपेक्षित रुपले बढी रहेछ । हिमालहरु पग्लदै छ्न । बेमौसमी बर्षा भैरहेको छ । बन मासिदो छ । मरुभूमि तिर अति बर्षाको कारणले शहरहरु डुबानमा छ्न । हाम्रो तिर यो परिस्थिति छ । यस्तो भयावह स्थितिको सृजना गर्ने हामी नै हौँ नि । वातावरण जोगाउने काममा लाग्न अब ढिलो भैसक्यो। न्यथा बरबाद पनि हुनेछ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

भैरेको नियति र स्वास्थ्य सेवा

  घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…

1 week ago

टिकाेटालाे

शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…

1 week ago

“नारी महिमा”

शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…

1 week ago

बाल मुज्दुर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…

1 week ago

“हाम्रो नाति”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…

2 weeks ago

अभियान

राजन् कार्की पाजु धरान सुनसरी बिहान सवेरै एक हुल मानिसहरु हातमा ठुला ठुला अक्षेरमा लेखिएका…

2 weeks ago