Categories: बाल कथा

“खुसी”

रचना शर्मा

“मम्मी! आज त ट्युस्डे पो रैच, मैले सन्डे मन्डेको ड्रेस लाउँदा सम्झाउन पर्थेन ?” स्कुल छुट्टी भएर घर आउने बित्तिकै ठुल्ठुलो स्वरमा छोरीले भनिन् ।”ए.., हो त आज ट्युस्डे । मैले त बिर्सेंछु, तिम्ले पो याद गर्नुपर्थ्यो त! मैले मात्र के के सम्झनू ! जे होस्, हेरिनसक्नु हुने तिम्रा सेता जुत्तामोजा र सेतो फ्रक एकदिन भए पनि धुन परेन मलाई । आनन्द भयो…।” उज्यालो अनुहार पारेर आमा बोलिन्।
“ओहो ! म खुसी हुँदा हजुर दुखी हुने, म दुखी हुँदा हजुरलाई खुसी लाग्ने रहेछ हगि ?”
“किन त्यस्तो भनेकी नि ?”
“धेरैजसो ट्युस्डेकै दिनमा हाम्रो ड्रिल पिरेड हुन्छ । रमाइलोसँग खेलेको दिनमा कपडा फोहोर बनाई भनेर हजुर दुखी बन्नुहुन्छ ।”
अनि तिमी कसरी दुखी भयौ त आज ? रमाइलोसँग खेलेकै हौली नि ?”
“सबै साथीहरूलाई सरले खेल्न लैजानुभयो । मलाई चाहिँ प्रपर युनिफर्म नलगाएकोले एक्लै क्लासमा बस्नुपर्यो ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

13 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

14 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

2 days ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

2 days ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

4 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

4 days ago