Categories: बाल कथा

गधाको भरी


दिपक बाला

गाउँमा एक व्यक्तिले भारी बोक्नका लागि एउटा गधा किनेछन्। गधाले भारी बोक्दै गयो। दिन प्रतिदिन उक्त व्यक्ति सम्पन्न हुँदै गएछन्। वास्तबमा यो गधा कै कारण म सम्पन्न भएँ भनेर एक दिन गधा माथि भारी नराखी भगवानको मुर्ति राखेर गाउँको परिक्रमा गराएछन्।
गाउँका सबैले गधाको ढाडमा रहेको भगवानलाई पूजा गर्ने र गधालाई मीठो मीठो खान दिएछन्। र साँझ मात्र घरमा फर्केछन्।
जब सबै सुते गधालाई निन्द्रा लागेन । गधालाई लागेछ, “मेरो कारण यो व्यक्ति यति धेरै सम्पन्न भयो । म कमजोर त पक्कै होइन । हो भने गाउँका सबैले किन यतिका सम्मान र मिठा मिठा खाने कुरा दिन्थे ? त्यसैले, मैले यो व्यक्तिलाई छाड्दा के फरक पर्छ ? मलाई त सबैले चिन्छन्, मान्छ्न। यसको टोकसोमा म किन बस्ने ? आजै, अहिलै हिड्छु।” भन्ने सोचेर गधा घर छोडेर हिँडेछ।
हिँड्दै गयो, हिँड्दै गयो । न कसैको माया न कसैले खाना नै दिए । उल्टो कसको गधा भन्दै लखेटी रहे। हप्तौँ यसै गरि धेरै गाउँहरुमा भौतारिएर हिँडेछ । तर कतै बस्न र मीठो खान पाएन।
त्यसैले पुरानै घरमा फर्किएछ। त्यतिन्जेल, यता घरमा उक्त व्यक्तिले हराएको गधा हप्तौँ नभेटेपछि अर्को गधा ल्याइसकेको रहेछ। अब पुरानो गधाको काम नै के रह्यो र । त्यसैले उक्त गधाको बास दोबाटोमा परिणत हुन पुगेछ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

17 hours ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

18 hours ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

2 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

2 days ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

4 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

4 days ago