Categories: कविता

“गयाे पुरानाे आयाे नयाँ”


दुर्गा पाैड्याल

गयाे गयाे उ अनेक चर्तिकला देखाएर गयाे
कहिले हाेहल्ला मच्चायाे
कहिले सडक ततायाे
कहिले कसैकाे उठीबास लगायाे
कहिले पुरेर गयाे,किहिले बगाएर गयाे
कसैलाई रुवाएर गयाे,कसैलाई हँसाएर गयाे
कसैलाई सम्पन्न बनाएर गयाे
देशका दुश्मनलाई उभाे लगाएर गयाे
कसैलाई बिपन्न बनाएर गयाे
जानू नै थियाे उ सर्कँदै गयाे
थाम्न चाहेर पनि त थामिदैन त्याे
आउने छैन फेरि फर्केर त्याे
रहनेछन् केवल त्यसका अवशेषहरु यत्रतत्र।

ए ! नयाँ वर्ष सुनाैलाे दिन बनेर आउ
पीडाका अवशेष मेटाउँदै आउ
बेथिहरुकाे थिति बसाल्दै आउ
देश्का दुश्मनहरु नासगर्दै आउ
छर्दै लालीमा सब्का घरघर आउ
सब्का ओठमा मुस्कान छर्दै आउ
पिडित सबैका आँसु पुछ्दै आउ
राेग र शाेकबाट मुक्ति दिदै आउ
सारङ्गीजस्ता पेट उकास्दै आउ
नाङ्गा शरीरलाई ढाकछाेप गर्दै आउ
तिमीलाई स्वागतगर्न आतुर छाै हामी
धेरैधेरै शुभकामना छ तिमिलाई
शुभकामना छ तिमीलाई २०८२
नयाँ विहानी लिएर आउ ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

परिणाम

धनसिंह विश्व गेजिंग, पश्चिम सिक्किम त्यही दिनदेखि आर्यनले बुवाको अनुहार हेर्नु त के बोलेकै थिएन।…

2 hours ago

-एकत्व

विवेक शर्मा गौतम टोखा-३,काठमाडौं “हजुरबा, त्यो रुख किन रोएको जस्तो देखिन्छ ?” आर्यनले सोध्यो। हजुरबाले…

3 hours ago

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

1 day ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

1 day ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

2 days ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

2 days ago