शुक्रराज कुँवर
बलभद्रपथ, धरान१०
हाल अष्ट्रेलिया
बगैँचामा फूलको रसपान गरिरहेको मौरीलाई भमराले भन्यो, “तिम्रो र मेरो कर्म त एउटै रहेछ।”
“कस्तो कर्म ?” मौरीले प्रतिप्रश्न गर्यो, “तिमी पनि फूलसँग प्रीति गाँस्छौ म पनि फूलसँग रमाउँछु।” भमराले मनको कुरा राख्यो।
“हो, फूल हाम्रो जीवन हो,” मौरीले भन्यो, “फूलले दिएको अमृत समान रसबाट हामी मह बनाउँछौँ। महकउपयोगिता त तिमीलाई थाहै छ।”
भमराले हाँस्दै भन्यो, “तर तिम्रो जीवन त सधैँ काममै सीमित छ। मलाई हेर, म कति रङ्गिन जीवन बाँचिरहेको छु। हरेक फूल चहार्छु, आनन्द लिन्छु।”
मौरी केही बोलेन। आफ्नै काममा तल्लिन रह्यो।
भमराले फेरि फुर्तिफार्ती गर्दै भन्यो, “फूलसँग तिम्रो सम्बन्ध बारे कुनै चर्चा छैन तर भमरा र फूलको प्रेमबारे हजारौँ गीत लेखिएका छन्।” उसले फेरि ध्वाँस प्रकट गर्दै भन्यो, “म बिना त फूल अधुरो छ नि।”
भमराको एकोहोरो गनगन मौरीले सुनिमात्र रह्यो।
त्यसैबेला नेपथ्यबाट आवाज आयो, “भमराझैँ भँ भँ गर्दै बरालिएर नहिँड्, मौरीजस्तै परिश्रमी हुन सिक।”
मौरी मुसुक्क हाँस्यो र भमरातर्फ फर्केर भन्यो, “देख्यौ ? गुण त अरूको मुखबाट नै राम्रो सुनिन्छ नि।”
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…