Categories: बाल कथा

गुरुको जन्मदिन


जानकी कर्मचार्य
हरिसिद्धि

साने घरको आर्थिक अवस्था कमजोर भएकाले स्कूल जान सकेको थिएन । न्यास्रो अनुहार पारेर घरबारीकै काम गर्दथ्यो । उसको दुखेसो आमाबाले पनि बुझेका थिए। छोरा तेज दिमागको छ भन्ने पनि थाहा थियो तर लाचार थिए ।
अलिदिन यता साने खुशी देखिन्थ्यो। घरको काम पनि मन लगाएर गर्थ्यो। घाँसपात लिएर सबेरै फर्किन्थ्यो । जे छ , खाएर खेल्न जान्थ्यो । आमाबा पनि साने खुशी भएकोमा दङ्ग थिए।
भदौ महिना ! अलिकति भएको मकै बूढाबूढी मिलेर सुकाउँदै थिए । साने सबेरै निस्केको थियो।  उसको गुरुको जन्मदिन रे ! खेल्ने गुरुको पनि के जन्मदिन गरेका होलान्  गफ गर्दै थिए । यतिकैमा साने फूलमाला र खादा लगाएर हातमा पुस्तक कापी बोकेर केही व्यक्तिसँग आइपुग्यो । आमाबा छक्क परे !
नजिकै आएर आगन्तुकले भने ” हजुरहरुलाई बधाई छ । हजुरहरुको अवस्थाले गर्दा यी बाबुले पढ्ने चाहना भएर पनि पढ्न पाएका थिएन । बाबु ज्ञानी र तेज बुध्दि भएका रहेछन् । यस गाउँमा केही महिना अगाडि गाउँलेहरुले मिलेर सामुदायिक पुस्तकालय खोलेका थिए। हामीले पुस्तकालय लगेका थियौँ । दैनिक अध्यन गरेर जान्ने भै सकेछन्। अब हामी उनलाई काम र पढाइ पनि दिन्छौँ। पुस्तकालयमा साना नानीहरुको कक्ष पनि छ । यिनले ती नानीहरुलाई अध्ययन गर्न मद्दत गर्नु पर्ने हुन्छ जुन हामीले नभन्दै गर्दै आएका छन् ।” आमा बा खुशी भएर छोरालाई र उसको हातको पुस्तक कपी हेर्दै थिए बोल्न सकिराखेका थिएनन्।
आगन्तुक फेरि बोले “ए बा आमा ! आज भाद्र १५ गते राष्ट्रिय पुस्तकालय दिवस हो । यी बाबु असल र नियमित पाठक भएकाले पुरस्कार पाएका हुन् । यसपालि देखि सरकारले पाठकलाई केहि रकम पनि दिने गरेको छ । लौ! रु.१०००/- लिनुस् ।” बा आमा अक्क न बक्क पर्दै खुशीको आँसु झार्न थाले।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

18 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

18 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

18 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago