Categories: कविता

“गुरु नै छन् प्रकाश”


माहेश्वरी भट्ट

गुरु बिना अध्यारो जस्तो,
पढ्न नपाए संसार खस्तो।
अक्षर चिनाइ ज्ञान दिनुहुन्छ,
सपना देखाइ बाटो किनुहुन्छ।

कखगदेखि काव्यसम्म,
गणितदेखि भावसम्म।
कागजमा हामी रंग भर्छौं,
ज्ञानकाे दीप जलाइ पर्छौं।

गुरुपूर्णिमा आयो आज,
मनभित्र छ उत्सवको साज।
फूल चढाऊँ, स्याबासी दिऊँ,
गुरुकाे आशिष दिलमा लिऊँ।

शिक्षा दिनु सजिलो छैन,
सयौँ मन सम्हाल्नु खेलै होइन।
धैर्य, माया, अनुशासन साथ,
गुरु त हुन् साँचो जीवनपाथ।

आजको दिन हामी सबैले,
श्रद्धा दिऊँ खुलेर हर्षले।
गुरु तपाईँ सधैँ प्रिय,
हाम्रो मनमा उज्यालो दियो जलिया।

सारथि बाल पत्रिका

Recent Posts

फीफा वर्ल्ड कप 2026

Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…

18 hours ago

“पन्ध्र असार”

लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…

18 hours ago

“ल्याए है, उँभौली”

युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…

18 hours ago

सफलता

उमानाथ दाहाल "यसपटक पनि मेहनत नै नपुगे जस्तो देखियो।" लोकसेवा आयोगले लिएको नासुको परीक्षामा असफल…

19 hours ago

“पार्क घुम्न जाँदाको रमाइलो”

  रञ्जुश्री पराजुली अमेरिका पार्क घुम्न जाँन रमाइलो लाग्छ एक्लै हैन घुम्न जाने साथी सङ्ग…

2 days ago

मल्लिका

रीता मिश्रा तिवारी भागलपुर,बिहार सानैदेखि सुनेको हो कि..कश्मीरलाई धर्तीको स्वर्ग भनिन्छ। यहाँको हावापानी, प्राकृतिक सुन्दरता…

2 days ago