“गुरु पूर्णिमा”


लालबहादुर भुजेल

पहिलै पहिलै हिन्दू धर्म
संस्कृतिकाे पढाई,
गुरूकुलमा हुने गर्थ्याे
लेखाई र सिकाई !

स्कुल भन्नु त्याे बेलामा
गुरूकुल थियाे,
गुरु अनि गुरूआमा
भन्नु पर्ने थियाे !

जाे ब्यक्तिले अज्ञानीलाई
ज्ञानी बनाई दिन्छ,
अन्धकारलाई हटाएर
प्रकाश छरिदिन्छ !

“गु” भनेकाे “अन्धकार”
“रू” भनेकाे प्रकाश,
अज्ञानीपन नाश गर्ने
गुरूजीकाे आभाश !

गुरूहरू विद्वान हुन्थे
शिष्यहरू भक्त,
गुरूसामु प्रतिप्रश्र्न
गर्दैनथे ब्यक्त !

ब्रम्हा, बिष्णु, महेश्वर
गुरूलाई मान्थे,
चरित्रवान, याेग्य गुरु
त्यस्तै बन्ने ठान्थे !

फूलकाे माला दिएर
गुरूकाे गरिन्थ्याे सम्मान,
नैतिकबान गुरूसँग
टिका थापेर सम्मान !

बेदब्यासलाई मानिन्छ नि
सबैभन्दा ठूला गुरु,
उनकाे जन्म दिनबाट
गुरूपूर्णिमा शुरू !

जन्मदैमा काेही पनि
हुँदैन नि ज्ञानी,
आमा – बाउकाे संगतले
बच्चा बन्छ ध्यानी !

त्यसैले त माता-पिता
हाम्राे पहिलाे गुरु,
पितृ सम्मान नगर्नेले
रून्छ धुरू धुरू !